काठमाडौं । नेपाल ल्यूूब आयल कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले यसअघि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने तयारी गरेको थियो । अब एफपीओ निष्कासन प्रकृयालाई स्थगन गरेर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम रहेको साधारण सेयरको १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले माघ २४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीले पुँजी बढाउनका लागि यसअघि एफपीओ निष्कासन गर्ने वा हकप्रद सेयर मध्ये जुन उत्तम विकल्प हुन्छ, त्यही निष्कासन गर्ने तयारी गरेको थियो ।
आगामी विशेष सभामा एफपीओलाई रद्द गरेर हकप्रद मात्रै निष्कासन गर्ने प्रस्ताल लैजान लागेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया