काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पा जिल्लाको सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रुमा सहभागी नहुने भएका छन् ।
अस्वस्थ भएपछि पाल्पा र रुपन्देहीमा तय भएका पूर्वनिर्धारित कार्यक्रममा उनी सहभागी नहुने भएका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अनुकूल नरहेको र डाक्टरको सिफारिस अनुसार उनले उक्त कार्यक्रमहरूमा भौतिक उपस्थिति रद्द गरेका हुन् ।
कार्यक्रमहरूमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली भने ब्रेकथ्रु कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।
गत मंगलबार बेलुकादेखि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको र स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया