सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ ।
बजार मापन गर्ने सूचक ११.१० अंकले घटेर परिसूचक २६५४.३५ बिन्दु कायम भएको छ ।

३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । ७ वटा विकास बैंकको सेयर मूल्य बढेको छ भने ७ वटाको घटेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Skip This