सेयर बजारमा सामान्य सुधार, ६ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ५.०८ अंकले बढेर परिसूचक २६१३.०८ बिन्दु कायम भएको छ ।

३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

१०६ कम्पनीको सेयर बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सीईडीबी होल्डिङ कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ७६ लाख ३५ हजार २९२ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल रिइन्स्योरेन्स कम्पनी रहेका छन् ।