काठमाडौं । चेक अनादर सम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
पक्राउ परेका मल्ललाई हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । मल्लको २० लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको बताइएको छ ।
युवा संघका नेतासँग उक्त लेनदेन भएको विषयमा प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा अनुसन्धानका लागि मल्ललाई पक्राउ गरिएको बताइएको छ ।
चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया