एनएमबि बैंकको २९ औं साधारणसभा सम्पन्न



काठमाडौं । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा पुस २५ गते, बिहिबार २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु