२०२४ मा अष्ट्रेलियामा सबैभन्दा धेरै बिक्री हुने सवारी बन्यो फोर्डको रेन्जर
एजेन्सी । फोर्डको रेन्जर अष्ट्रेलियामा सबैभन्दा धेरै बिक्री हुने सवारी बनेको छ ।
अमेरिकी उत्पादक कम्पनीको यो कार फोर ह्विल सन् २०२४ मा सबैभन्दा धेरै बिक्री हुने सवारी बनेको हो । अष्ट्रेलियामा सन् २०२४ को प्रत्येक महिना यो कार बिक्री सबैभन्दा धेरै भएको थियो ।
२०२४ मा ६२ हजार ५सय ९३ युनिट रेन्जर गाडी बिक्री भएको छ । जसले टोयोटा र्याप फोर र टोयोटाको हाइलक्सलाई पछि पारेको छ ।
टोयोटा र्याभ फोर ५८ हजार ७ सय १८ युनिट र टोयोटा हाइलक्स ५३ हजार ४ सय ९९ लाई पछि पारेको छ ।
टोयोटाले २०२४ मा अष्ट्रेलियामा सबैभन्दा धेरै बिक्री हुने ब्राण्डको रूपमा प्रभुत्व कायम गरेको छ । तर रेन्जर २०२४ मा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ । डिसेम्बर २०२४ मा रेन्जरको बिक्री ४ हजार ४९३ मा झरेको थियो, जुन २०२३ को डिसेम्बरको ७ हजार ७६७ बिक्रीको तुलनामा ४२.२ प्रतिशतले घटेको हो ।
अष्ट्रेलियामा २०२४ मा डिजेल र पेट्रोल गाडीको बिक्रीमा गिरावट आएको छ । डिजेल गाडीको बिक्री ३ लाख ७९ हजार ५१२ बाट ३ लाख ६९ हजार ८४२ युनिट र पेट्रोल बिक्री ५ लाख ८८ हजार ५९६ युनिटबाट ५ लाख २८ हजार ९७८ युनिटमा झरेको छ । तर, हाइब्रिड र प्लग इन हाइब्रिड गाडीहरूको बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ ।
फोडको रेन्जर नेपाली बजारमा पनि उपलब्ध छ । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स हो । यो आकाश गोल्छाको कम्पनी हो । गोल्छा नाडाका वरिष्ठ उपाध्यक्ष हुन् ।
यो गाडीको दरिलो सक्षम भारवहनका कार लोकप्रिय बनेको छ ।