सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं । काठमाडौं र आसपासका क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प मापन गरिएको हो ।
यसअघि बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।