मोन्टेनेग्रोमा गोलीकाण्ड: दुई बालबालिकासहित १० जनाको हत्या, तीन दिन राष्ट्रिय शोक
एजेन्सी । दक्षिणी मोन्टेनेग्रोमा एक बन्दुकधारीले दुई बालबालिकासहित कम्तीमा १० जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार यो घटना बुधबार सेटिन्जेस्थित एउटा रेस्टुरेन्टमा पाहुनाबीचको विवादबाट सुरु भएको थियो ।
१२ जनाको हत्या गरेपछि आक्रमणकारीले आत्महत्या गरेको पुष्टि भएको छ ।
प्रधानमन्त्री मिलोज्को स्पाजिकले घटनालाई “भयानक र दुखद” भन्दै सरकारद्वारा बिहीबारदेखि तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।
मोन्टेनेग्रोका आन्तरिक मन्त्री डानिलो सारानोभिकका अनुसार बन्दुकधारीले आफ्नै परिवारका सदस्यहरूसहित रेस्टुरेन्ट मालिक र उनका दुई छोराछोरीलाई पनि मारेका थिए । सारानोभिकले यसलाई “खटपट र पारस्परिक सम्बन्धको तनावको परिणाम” भनेका छन् ।
गोलीकाण्डमा गम्भीर घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।
४५ वर्षीय अलेक्जान्डर मार्टिनोभिच नामका आक्रमणकारी घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले उनलाई घेरा हालेर आत्मसमर्पण गर्न भनेका थिए, तर उनले आफैंलाई गोली हानेर ज्यान लिएका थिए ।
यो घटनाले मोन्टेनेग्रोमा गहिरो शोक र त्रासको वातावरण सिर्जना गरेको छ ।