एनएमबि बैंकले पनि प्रिफरेन्सियल सेयर जारी गर्ने, नबिलको भन्दा बढी प्रतिफल



काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अबिमोच्य प्रकृतिकोको अग्राधिकार सेयर जारी गर्न लागेको हो । बैंकले जारी गर्न लागेको प्रिफरेन्सियल सेयरको वार्षिक प्रतिफल ८.२५ प्रतिशत हुने गरी प्रस्ताव गरेको छ ।

बैंकले नाफा गरेको वर्षमात्र प्रस्तावित लाभांश बाँड्ने गरी अग्राधिकार जारी गर्न लागेको हो । प्रति सेयर १०० रूपैयाँ रहने गरी एनएमबि बैंकले ३ अर्ब रूपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्नेछ । बैंकको सञ्चालक समिति वैठकले प्रस्ताव गरेअनुसार एनएमबिको साधारणसभाले पारित गरेपछि अग्राधिकार सेयर जारीको प्रक्रिया अघि बढ्नेछ ।

यसअघि नबिल बैंकले ८ प्रतिशत प्रतिफल दिने गरी ५ अर्ब रूपैयाँको अग्राधिकार जारी गर्ने निर्णय गरेको थियो भने बैंकको विशेष साधारणसभाले उक्त प्रस्तावलाई अनुमोदन गरिसकेको छ । नेपाल राष्ट्र बैंकले पनि अग्राधिकार सेयर जारी गर्न सहजीकरण गरिसकेको छ ।

पुँजीको सकसमा परेका बैंकलाई ‘अग्राधिकार सेयर’ संकटमोचक बन्न सक्नेछ ।


क्लिकमान्डु