नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने



काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

नियामक निकायले स्वीकृत दिएपछि मात्रै उक्त सेयर जारी गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो । उक्त इकाइ खरिद गर्नेहरुले मुनाफा भएको वर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् ।

यसका साथै, बैंकले ‘८ प्रतिशत नबिल डिबेञ्चर २०७९’ पनि जारी गर्ने भएको छ ।

पछिल्लो समय प्राथमिक पुँजीकोष टाइट हुँदै गएपछि नबिल बैंकले अग्राधिकार सेयर जारी गरेर पुँजीकोष सजिलो बनाउने रणनीति लिएको देखिन्छ ।


क्लिकमान्डु