भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न

0
Shares

काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न भएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गत शनिबार ललितपुरमा यो कार्यक्रम सम्पन्न भएको हो ।

सो सम्मान गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ वरिष्ठ संगीतकार सि के रसाईलीलाई जनही नगद पुरस्कार १ लाख १ रुपैयाँ सहित प्रदान गरिएको छ ।

नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यानसर सर्भाइभर भएको भन्दै क्यानसर समाजका लागि उक्त पुरस्कार रकम हस्तानतरण गरेकी छिन् ।

उनकै पहलमा क्यानसर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यानसर समाज स्थापना गरिएको राणाले बताइन् ।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार गितारवादक दिपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ ।

५० हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्‍याउदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।