
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले घटेको छ ।
बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार ४ हजार ९ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ ।









प्रतिक्रिया