हुन्डाईले थाल्यो हाइड्रोजन कार उत्पादन, ४०० किमी रेन्ज, मूल्य कति ?



काठमाडौं । कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले हाइड्रोजन कार उत्पादन गर्न थालेको छ । कम्पनीले सन् २०२५ भित्रै बजारमा ल्याउने गरी कन्सेप्ट कारको फर्स्ट लुक सार्वजनिक गरेको हो ।

इन्टियम एसयूभी भनिएको यो कारको आधिकारिक डेब्यु २०२४ लस एन्जलस अटो शोमा हुनेछ भने गोन्जाउ अटो शोमा पनि प्रदर्शन हुनेछ । हुन्डाईले एलएमै आयोनिक नाइन पनि प्रदर्शन गर्नेछ ।

इन्टियमको फर्स्ट लुकले हुन्डाई नेक्सोलाई रिप्लेस गर्ने विश्वास लिइएको छ । नेक्सो झैं इन्टियममा इलेक्ट्रिक मोटर हुनेछ । सो मोटरलाई हाइड्रोजन फ्युलले ऊर्जा प्रदान गर्नेछ भने पूरक ब्याट्री प्याकले पनि ऊर्जा दिनेछ ।

सो मोटरले २०१ हर्सपावरको शक्ति पैदा गर्नेछ जुन नेक्सोभन्दा ५० हर्सपावर बढी हो । यो कारले ४०० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

ल्याटिन भाषामा इन्टियमको अर्थ सुरूवात वा पहिलो भन्ने हुन्छ ।


क्लिकमान्डु