काठमाडौं विश्वविद्यालयले नेपालमा ल्यायो पहिलो हाइड्रोजन कार



काठमाडौं । नेपालमा पहिलो पटक हाइड्रोजनबाट चल्ने गाडी आएको छ । उक्त गाडी शनिबार काठमाडौं विश्वविद्यालयमा आइपुगेको हो।

काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने गाडीलाई नेपालमा ल्याएको हो । काठमाडौं विश्वविद्यालयस्थित ग्रीन हाइड्रोजन ल्याबमा यो गाडी र हाइड्रोजन रिफ्युलिंग स्टेसन रहेको ल्याबका प्रमुख विराज सिंह थापाले जानकारी दिएका छन्।

उक्त गाडीलाई नेपाल आयल कर्पोरेसनको सहयोगमा ल्याइएको हो ।

काठमाडौं विश्वविद्यालयमा लामो समयदेखि हाइड्रोजनलाई इन्धनका रुपमा वैकिल्पक प्रयोग गर्नेबारे अध्ययन तथा अनुसन्धान भइरहेको छ । सोही क्रममा यो गाडीलाई नेपालमा ल्याइएको हो । थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘औपचारिक उद्घाटन हुन बाँकी छ ।’

नेपालमा ल्याइएको रिफ्युलिंग स्टेसन काठमाडौं विश्वविद्यालयले नै डिजाइन गरेको हो । उक्त रिफ्युलिंग स्टेसनको निर्माण भने कोरियाली कम्पनीले गरेको हो ।

गाडीको हकमा भने काठमाडौं विश्वविद्यालयले डिजाइन गरेको गाडी महंगो भएकाले तत्कालका लागि बनेकै गाडीलाई ल्याईएको थापाले जानकारी दिए ।


क्लिकमान्डु