आमाको मृत्युपछि किरियापुत्री बसेका पुरुष पक्राउ, युवती बलात्कारको आरोप



डोटी । बलात्कार आरोपमा किरियापुत्री बसेका एक पुरुष पक्राउ परेका छन् । डोटीमा २० वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

आमाको किरियामा बसेका आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले रैकाललाई बलात्कारको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

रैकालले भदौ ३१ गते २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका रैकाल शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान घर आएका थिए ।

आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।


क्लिकमान्डु