होटल बिक्री गर्ने कुनै योजना छैन: एभरेष्ट होटल



काठमाडौं । काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको पाँचतारे होटल एभरेष्टले बिक्रीको कुनै योजना नरहेको दाबी गरेको छ ।

होटल बिक्रीमा संलग्न रहँदै आएको उच्च स्रोतले एभरेष्टसहितका अन्य पाँचतारे होटल बिक्रीमा रहेको भन्दै सम्पत्ति र मूल्यांकन सहितको जानकारी विवरण उपलब्ध गराएपछि त्यसबारे थप होटल उच्च स्रोतहरुसँग पुष्टी गर्दै क्लिकमान्डुले होटल बिक्रीबारेको समाचार सम्प्रेषण भएको थियो । तर एभरेष्टले भने होटल बिक्रीमा रहेको समाचार निराधार, काल्पनिक र भ्रामक भएको दाबी गरेको छ ।

होटल बिक्रीमा रहेको समाचारप्रति होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

एभरेष्टले होटल बिक्री गर्ने कुनै योजना नभएको दाबी गरेको छ ।

नयाँ बानेश्वरमा विगत ४६ वर्षदेखि सञ्चालन हुँदै आएको दि एभरेष्ट होटलले ठूलो संख्यामा विदेशी तथा स्वदेशी पर्यटक/ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ ।

पर्यटकलाई प्रदान गरिने सेवासँगै भित्रिने अर्थतन्त्र, रोजगारी र नेपाल सरकारलाई बुझाइने राजस्वमा पनि होटलले योगदान गरेको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु