बैंकको सेयर धितोमा जाने कर्जा २०% ले बढ्योः एनआईसी, एसबिआई, एभरेष्ट आक्रमक



काठमाडौं । बैंकबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढ्दै गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म १९ वटा वाणिज्य बैंकले सेयर धितोमा दिने कर्जा १९.८८ प्रतिशतले बढाएका छन् ।

गत आवको असार मसान्तसम्म १९ वटा बैंकले सेयर धितोमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ कर्जा दिएका छन् ।
अघिल्लो आवको सोही अवधिमा १९ वटा बैंकहरुले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ कर्जा दिएका छन् ।

स्टयान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन । बाँकी १९ वटा बैंकमध्ये ६ वटा बैंकले दिने सेयर धितोकर्जा घटेको छ । बाँकी बैंकको बढेको छ ।

सेयर धितोमा जाने कर्जा घटाउने बैंकमा प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंक रहेको छ । बाँकी बैंकले भने सेयर धितोमा जाने कर्जा बढाएका छन् ।

सेयर धितोमा धेरै कर्जा दिनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ ।

नबिल बैंकले सेयर धितोमा दिने कर्जा २२.७५ प्रतिशतले बढाएर ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै ग्लोबल आइएमई बैंकले सेयर धितोमा दिने कर्जा १९.८० प्रतिशतले बढाएको छ । असार मसान्तसम्म बैंकले सेयर धितोमा दिने कर्जा १९.८० प्रतिशतले बढाएको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले सेयर धितोमा दिने कर्जा १.७४ प्रतिशतले बढेर ४ अर्ब २६ करोड २२ लाख रुपैयाँ प्रवाह गरेको छ।
राष्ट्र बैंककाअनुसार सिद्धार्थ बैंकले सेयर धितोमा दिने कर्जा ४२.१४ प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

कुमारी बैंकले सेयर धितोमा दिने कर्जा १०.३८ प्रतिशतले बढेर ४ अर्ब ३७ करोड ६२ लाख, नेपाल बैंकले दिने कर्जा ७१.८३ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड, सिटिजन्स बैंकले दिने कर्जा ३६.४६ प्रतिशतले बढेर ४ अर्ब ८० करोड ७० लाख, प्राइम बैंकको २६.०२ प्रतिशतले बढेर ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ कर्जा दिएका छन् ।

यस्तै सानिमा बैंकले सेयर धितोमा दिने कर्जा २५.५९ प्रतिशतले बढेर १ अर्ब ६५ करोड १५ लाख, कृषि विकास बैंकले दिने सेयर धितोकर्जा ३९.९५ प्रतिशत, एभरेष्ट बैंकको ९०.२४ प्रतिशतले बढेर २ अर्ब २ करोड ६९ लाख, एनआईसी एशिया बैंकको २८६.१६ प्रतिशतले बढेर ३ अर्ब ९६ करोड ९० लाख र नेपाल एसबिआई बैंकको ७३९.९७ प्रतिशतले बढेर २० करोड १५ लाख रुपैयाँ रहेको छ ।

सेयर धितोमा जाने कर्जामा आक्रमक रुपमा नेपाल एसबिआई, एनआईसी एशिया, एभरेष्ट, नेपाल बैंक आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

सेयर धितोमा दिने कर्जा घटाएका बैंकमध्ये प्रभुको २०.०८ प्रतिशतले घटेर ३ अर्ब १८ करोड १५ लाख, लक्ष्मी सनराइज बैंकको ८.९६ प्रतिशतले घटेर ३ अर्ब ३८ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९.०५ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ८२ लाख, हिमालयन बैंकको ३० प्रतिशतले घटेर २ अर्ब १ करोड १८ लाख, एनएमबि बैंकको ३१.५८ प्रतिशतले घटेर ९८ करोड र माछापुच्छे« बैंकको १५.३६ प्रतिशतले घटेर ४६ करोड ७० लाख रुपैयाँ दिएको छ ।


क्लिकमान्डु