११ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

9.1k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने गरी नयाँ सूची तयार गरिरहेको तथ्य बाहिरिएको छ ।।

अमेरिकाको द न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक समाचारअनुसार भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ । यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमन रहेका छन् ।

यसैगरी भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।

यस्तै ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो रहेका छन् ।

यसैगरी यस सूचीमा डोमिनिका, एक्वेडोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी, माली, मोरिटानिया, सेन्ट किटस एन्ड नेबिस, सेन्ट लुसिया, साओ तोमे एन्ड प्रिन्सिपे, भानुताउ र जिम्बावेलाई पनि ६० दिनभित्र चासो सम्बोधन नगरे यात्रा प्रतिबन्ध लगाइने सूचीमा राखिएको छ ।

टाइम्सले ट्रम्प प्रशासनको एक अधिकारीलाई उद्धृत गर्दै प्रस्तावित सूचीमा संशोधन हुनसक्ने उल्लेख गरेको छ ।