
काठमाडौं । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा जहाजको चाप बढेको छ । अत्यधिक उडानका कारण राजधानीका आकाशमा दर्जनभन्दा बढी जहाज देखिएका हुन् ।
खासगरी अन्तर्राष्ट्रिय उडानतर्फ धेरै विमान एकैपल्ट आएपछि आकाशमा होल्ड गर्नुपरेको हो ।
कतार एयर, फ्लाइ दुबई, मलेसियन एयरलाइन्स र इन्डिगोका विमान एकैपल्ट काठमाडौं आएपछि केही जहाजले आकाशमा आधा दर्जन फन्को मारेका छन् ।
साथै आन्तरिक उडानहरू पनि डिले भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटामात्र रनवे छ । रनवे सानो तथा व्यस्त हुँदा दुई बिमानको उडान अवतरण समयान्तर ५ मिनेट रहने गरेको छ । यसकारण एकैपटक धेरै जहाज आउँदा राजधानीको आकाश अस्तव्यस्त हुने गर्छ ।
प्रतिक्रिया