विशाल ग्रुप नेपाल पुनर्बिमा कम्पनीबाट बाहिरिँदै, मूल्य तोकेर संस्थापक सेयर लिलामी



काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने भएको छ ।

ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक लिलाम बढाबढमा बिक्री गर्न लागेको हो । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको ७ लाख कित्ता सेयर मूल्य नै तोकेर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयरमा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनु पर्ने छ । सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सेयरमा आज भदौ ५ गते देखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । यसको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ ।

यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा आवेदन दिन चाहनेले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।


क्लिकमान्डु