रेन्बो डिस्टिलरीले सेयर निष्कासन गर्ने, एलिट क्यापिटलले रोड टु आईपीओ सेवा दिने
काठमाडौं । लुम्बिनी प्रदेशका भैरहवामा रहेको मदिरा उत्पादक कम्पनी रेन्बो डिस्टिलरीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सेवा अन्तरगत रोड टु आईपीओ योजनासम्बन्धि सम्झौता गरेको छ ।
सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरे ।
एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजीबृद्धी र व्यवसायीक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।
रेन्बो डिस्टिलरीले १० करोड चुक्ता पुँजीलाई शतप्रतिशत बृद्धी गरी पब्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ ।
एलिटले रेन्बोलाई चुक्ता पुँजी बृद्धि, ब्यवसाय बिस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ ।
आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।
१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी बृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन गर्ने जनाएको छ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पुँजी बृद्धि पछी कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धु्रव भट्टराईले जानकारी दिए ।
कम्पनीले ५० यूपि र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत २ दर्जन ब्राण्डका आधुनिक मदिरा उत्पादन गरिरहेको छ ।