लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा केइका ३ मोडल लञ्च गर्ने, मोडल चिन्नेलाई पुरस्कार



काठमाडौं । नाडा अटो शोमा केइ अटोमोबाइल्सका ३ वटा गाडीका मोडल प्रदर्शनीमा राख्ने भएको छ ।

नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडामा लञ्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम सार्वजनिक गर्दै पुरस्कार जित्ने सामाजिक सञ्जाल क्याम्पेन सुरु गरेको छ ।

जस अन्तर्गत सहभागिता जनाउन केई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई प्रश्नको उत्तर लेख्नु पर्नेछ।

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो क्याम्पेन आजबाट भदौ १० गतेसम्म चल्ने छ ।

नाडा अटो शोमा केई अटोमोबाइल्सको स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी अनुरोध गरेको छ ।


क्लिकमान्डु