सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु