यशोदा फुड्सले भन्यो: अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन



काठमाडौं । करेन्ट चाउचाउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको यशोदा फुड्स प्रालिले आफूहरुको उत्पानदको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रचार भएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै एउटा लेबलविरुद्ध परेको मुद्दापछि आफूहरुले त्यसको उत्पादन नगरेको तर अन्य उत्पादनहरु यथावत रहेको भए पनि सर्वोच्च अदालतबाट २०८१ साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी यशोदा फुड्सको उत्पादनको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार भन्दै यशोदा फुडस प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यशोदा फुडस प्रालिले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेन्ट रेगुलर २० रुपैयाँमा बिक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन दिएको थियो । तर सिजी फुड्स (नेपाल) प्रालिले सो लेबलमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दियो ।

करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गरिरहेको उद्योगले जनाएको छ ।

प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको यशोदा फुड्सले जनाएको छ ।

यसै क्रममा यशोदा फुडस प्रालिले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेन्ट रेगुलर २० रुपैयाँमा बिक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्स (नेपाल) प्रालिले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको थियो ।

सो निवेदनमा उद्योग विभागले सिजी फुडसको दाबी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २०८० जेठ २९ मा गरेको फैसलाविरुद्ध सिजी फुड्स (नेपाल) प्रालि उच्च अदालत पाटन पुगेको थियो ।

उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन बिक्री वितरण रोक्न अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजालसले ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो’ भनी आदेश गरेको थियो ।

उक्त आदेशलाई सर्वोच्च अदालतले साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी आदेश भएको थियो । तर अदालतको आदेशको अपव्याख्या भएको यशोदा फुड्ले जनाएको छ ।

यशोदा फुड्स प्रालिले उद्योग विभागबाट ट्रेडमार्क, लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको जनाएको छ ।

उच्च अदालतको आदेशपछि यशोदा फुड्ले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त सँलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको जनाएको छ ।

तर यस विषयलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामानसमेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा सार्वजनिक भएको भन्दै यशोदा फुड्सले यस्ता हल्लाको पछाडि नलागि निर्वाद रुपमा आफ्ना उत्पादनहरु बिक्री वितरण गर्न तथा उपभोग गर्न उपभोक्ता, व्यापारी तथा डिलरहरुलाई अनुरोध गरेको छ ।


क्लिकमान्डु