आज एकै दिन ३ हजार बढ्दा सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन सुनको मूल्य ३ हजार रुपैयाँले बढेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार अहिलेसम्मकै महँगो बनेको हो ।

यसअघि साउन २१ गते मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो उक्त दिन सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु