२०७२ माघदेखि ०७५ वैशाखसम्मको बिजुलीको बक्यौता ६ अर्ब ६० करोड, कसको कति ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्राधिकरणको सञ्चालक समितिका एक सदस्यले क्लिकमान्डुलाई उपलब्ध गराएको कागजात अनुसार प्राधिकरणको आन्तरिक समितिले दिएको प्रतिवेदनमा सो बिल रकम लिदा विद्युत महसुल संकलन विनियमावली बमोजिम २५ प्रतिशत थप दस्तुरसहित असुल उपर गर्न सिफारिस गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल उठाउन निर्देशन सहितको पत्र लेखेको थियो । जेठ तेस्रो साता मन्त्रिपरिषदले उक्त अवधिको थप महसुल उठाउने निर्णय गर्दै पत्राचार गरेको थियो । मुख्य सचिव बैकुण्ठ अर्यालले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन निर्देशनसहित पत्राचार गरेका थिए ।

ऊर्जा मन्त्रालयले २०७२ माघदेखि २०७५ पुससम्मको थप महसुल उठाउने बाटो खोलेर पत्र पठाएपछि बक्यौता रहेकामध्ये कसको कति हुने भन्ने एकिन गर्न समिति बनाएको थियो । सात दिनमा रिपोर्ट दिने गरी प्राधिकरणका निर्देशक गणेश लुइटेलको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको हो । समितिले प्रतिवेदन दिइसकेको छ । ‘हामीले उक्त प्रतिवेदन बुधबारको सञ्चालक समितिमा पेश गरेका थियौं । सञ्चालक समितिले कुनै निर्णय गरेन । सबै सञ्चालकहरुले १/१ प्रति प्रतिवेदन लिएर जानु भएको छ, ‘ प्राधिकरण उच्च स्रोतले भन्यो ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता कसको कति ?

क्रस कम्पनी बक्यौता रकम  (रुपैयाँमा)
अशोक स्टिल १४ करोड ६५ लाख १ हजार
भलवारी चामल कारखाना२३ लाख ९४ हजार
कसमस सिमेन्ट७ करोड ८३ लाख  ५५ हजार
डाबर नेपाल११ करोड ६१ लाख १ हजार
एभरेष्ट रोलिङ मिल्स१४ लाख ६ हजार
जिबी टेक्सटाइल२८ लाख ६५ हजार
घराना फुड्स१५ लाख १५  हजार
घोराही सिमेन्ट उद्योग४० करोड ६८ लाख २८ हजार
गोयन्का फुड्स११ करोड ८१ लाख  ३  हजार
१०हामा आइरन४ करोड ६८ लाख १४ हजार
११हिमाल आइरन एण्ड स्टिल१० करोड ९२ लाख १ हजार
१२हुलास स्टिल११ करोड २९ लाख ६४ हजार
१३जगदम्बा स्टिल१ अर्ब २८ करोड १४ लाख ७४ हजार
१४जगदम्बा सिन्थेटिक्स१६ करोड ४ लाख ३५ हजार
१५जय दुर्गा प्लाष्टिक उद्योग५६ हजार  
१६एजी हेल्थ इन्डस्ट्रिज६१ हजार  
१७ विनायक स्पात प्रालि००
१८युनाईटेड सिमेन्ट९ करोड ९ लाख ४७ हजार
१९ यशोधा फुड्स३ लाख ४० हजार
२०एसआर फुड्स१ करोड १८ लाख ८३ हजार
२१अर्घाखाँची सिमेन्ट३५ करोड ८८ लाख ८६ हजार  
२२विशाल सिमेन्ट इन्स्डस्ट्री२ करोड ६८ लाख २० हजार
२३सोना पोलिमर्स इन्डस्ट्रीज२ लाख ७७ हजार
२४नेशनल रबर इन्ड्स्ट्रिज४७ हजार
२५सिद्धार्थ पेट प्लाष्ट इन्ड्स्ट्रिज१ करोड ४६ लाख २९ हजार
२६न्यु नारायण रबर इन्ड्स्ट्रिज८ लाख २० हजार
२७रिलायन्स स्पेनिङ मिल्स६० करोड २९ लाख ४७ हजार
२८नव नेपाल प्लाष्टिक१ लाख ६४ हजार
२९रोल्पा सिमेन्ट७९ लाख १ हजार
३०श्री निगाले सिमेन्ट४ करोड ६३ लाख ९६ हजार
३१श्री शिवम सिमेन्ट लिमिटेड५२ करोड ६८ लाख ३६ हजार
३२श्याम प्लाष्टिक्स३९ लाख २७ हजार
३३सोना प्याकेजिङ२ लाख ८४ हजार
३४सोनापुर मिनरल्स एण्ड वेल प्रालि१९  करोड ४३ लाख ९९ हजार
३५श्री स्टिल इन्डस्ट्रिज१२ लाख ९९ हजार
३६सुप हवाई कार्यालय                 ४१ लाख ८५ हजार                
३७सुभ लक्ष्मी पोलिमर्स३ लाख २ हजार
३८सूर्य नेपाल३ करोड १७ लाख ९५ हजार
३९त्रिवेणी स्पिनिङ मिल्स२५ करोड ६७ लाख ८९ हजार
४०त्रिवेणी यार्न३ करोड ३६ लाख ६९ हजार  
४१नारायणी स्पात  प्रालि००
४२सिद्धी लक्ष्मी स्टिल००
४३पञ्चकन्या  स्टिल इन्डस्ट्रिज४१ लाख ७५ हजार
४४ बाबा जुट मिल१ करोड ९९ लाख ४१ हजार
४५रघुपति जुट मिल६ करोड ८१ लाख १२ हजार
४६बुटवल सिमेन्ट१४ करोड ७६ लाख ३९ हजार
४७अरिहन्त पोलिप्याक५ करोड २९ लाख ९७ हजार
४८अरिहन्तमल्टी फाइबर९ करोड २२ लाख ३७ हजार
४९हेटौंडा सिमेन्ट३० करोड ३२ लाख ९० हजार
५०पञ्चकन्या प्लाष्टिक१९ लाख  ७१ हजार
५१शुभ श्री अग्नी सिमेन्ट प्रालि७९ लाख ५ हजार
५२मारुती सिमेन्ट प्रालि४५ करोड ६६ लाख १७ हजार
५३सर्वोत्तम सिमेन्ट९ करोड ५७ लाख ९ हजार
५४जगदम्बा इन्टरप्राइज००
५५लक्ष्मी स्टिल१९ करोड ३ लाख  ४४ हजार  
५६सिता फुड इन्डस्ट्री००
५७एभरेष्ट पेपर मिल७ करोड ७ लाख ९४ हजार
५८उदयपुर सिमेन्ट उद्योग३५ करोड २ लाख ५९ हजार
५९जिबी टेक्सटायल (५८२)११ लाख २९ हजार
६०नेपाल टेलिकम८ लाख १९ हजार
६१सम्राट सिमेन्ट३ करोड २ लाख १९ हजार
 जम्मा६ अर्ब ६० करोड ७८ लाख  ५९ हजार

आन्तरिक समितिले तीन अवधिको प्रतिवेदन दिएको छ । जसमा पहिलो अवधि (२०७२ साउनदेखि २०७२ पुस) को १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेको छ । यो अवधिको सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले हाललाई यथावत राख्न सिफारिस गरेको छ ।

दोस्रो अवधि (२०७२ माघदेखि २०७५ वैशाख) को उठाउने निर्णय गरेको छ ।

तेस्रो अवधि (२०७५ जेठदेखि २०७७ असार) को ९ अर्ब १ करोड ९५ लाख रुपैयाँ बक्यौता छ । मन्त्रिपरिषद्को बैठकले नलिने भन्ने निर्णय गरेकाले नलिन समितिको सिफारिस छ ।

उद्योगीहरुले भने प्रमाणविनाको फर्जी बिल भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् । प्रमाण देखाएमात्रै बक्यौता तिर्ने उनीहरुको अडान छ । उद्योगीहरुले टाइम्स अफ डे (टिओडी) मिटरको रेकर्ड देखाए मात्रै तिर्ने बताएका छन् तर प्राधिकरणले  रेकर्ड देखाउन सकेको छैन् ।

उद्योगी र प्राधिकरणबीच विवाद बढेपछि पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई वैशाख २३ गते प्रतिवेदन बुझायो ।

उक्त प्रतिवेदनमा सुरुको अवधि र अन्तिम अवधिको लिन नमिल्ने उल्लेख छ। बीचको अवधिको टाइम्स अफ डे (टिओडी) मिटरका आधारमा उठाउनु भनिएको छ ।


दिनेश खड्का