नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा १७ जनाको आवेदन, क-कसले दिए दरखास्त ?




काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रवन्ध निर्देशकमा बन्न १७ जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयले २२ जेठमा माग गरेको दरखास्तमा टेलिकम भित्रै कर्मचारीदेखि टेलिकमबाट बाहिरिएका र पूर्व प्रवन्ध निर्देशकसम्मले आवेदन दिएका छन ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको लागि सञ्चार मन्त्रालयले मागेको आवेदनमा विमल आचार्य, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, शालिकराम पराजुली, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालले आवेदन दिएका छन ।

सञ्चार मन्त्रालयले टेलिकमको प्रवन्ध निर्देशक बन्न ३५ वर्ष पूरा गरेका र ५८ वर्ष उमेर ननाघेको, तोकिएको विषमा स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने शर्त तोकेर आवेदन माग गरेको थियो ।

सञ्चार मन्त्रालयका अनुसार आवदेनकमध्ये अब तोकिएको मापदण्ड पूरा गरेको आवदेनमध्येबाट प्रस्तुतीकरण र अन्तरवार्तामार्फत अन्तिम ३ जना छनोट हुने छन् । छनोटमा परेको अन्तिम ३ जनामध्येबाट सरकारले १ जनालाई टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त गर्ने छ ।


क्लिकमान्डु