नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि दरखास्त आह्वान, १२ वर्षको कार्यानुभव हुनुपर्ने



काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको लागि दरखास्ता माग गरिएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रवन्ध निर्देशक पदमा नियुक्ति लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा इच्छुक आवेदकले सम्पर्क गर्नुपर्ने गरी एक सूचना जारी भएको छ ।

टेलिकमको प्रवन्ध निर्देशक बन्न ३५ वर्ष पूरा गरेका र ५८ वर्ष उमेर ननाघेको, तोकिएको विषमा स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभपव भएका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्थासहितको सूचना जारी भएको छ

योग्य आवदेकले शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपपि, वायोडाटासहितको विवरण राखेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

यस्ताे छ आवेदनकाे सूचना


क्लिकमान्डु