वर्षको अन्तिम दिन सुनको मूल्य २४ सयले बढ्यो: अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । २०८० सालको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विगत लामो समयदेखि एकपछि अर्को रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आज अहिलेसम्मकै महँगोमा कारोबार भइरहेको हो ।

चैतको २८ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भई हालसम्मकै उच्च मूल्य कायम भएको थियो । शुक्रबार(आज) एकै पटक २४ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य १ लाख ३८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु