एफएनसीसीका महानिर्देशक अवस्थी म्यानेजर अफ दि इयरबाट सम्मानित, म्यानको अध्यक्ष बने ओझा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी यो वर्षको उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)को ४३औं वार्षिक साधारणसभाका अवसरमा प्रत्येक वर्ष यस्तो सम्मान प्रदान गर्दै आएको छ।

यो पटक महासंघका महानिर्देशक अवस्थीलाई संघले म्यानेजमेन्ट अफ दि इयर अवार्डबाट सम्मानित गरेको हो । नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्षसमेत रहेका अवस्थी केही वर्षदेखि महासंघमा कार्यरत छन् ।

त्यसैगरी, महिला म्याजेजर रिकगराइजेशन अवार्डबाट आरती चटौत, लाइफ टाइम कन्ट्रीव्यूसन अवार्डबाट पद्यलाल श्रेष्ठ र युथ आइकन रिकगनाइजेशन अवार्डबाट व्यवसायी मनोज पौडेल सम्मानित भएका छन् ।

त्यसैगरी, साधारणसभाले व्यवस्थापन संघको आगामी २ वर्षका लागि नयाँ कार्य समिति निम्न बमोजिम चयन भएको छ ।

संघको अध्यक्षमा ग्रोथ सेलर्सका संस्थापक मोहन ओझा निर्वाचित भएका छन् । त्यसैगरी, प्रथम उपाध्यक्षमा ग्लोबल आइएमइ बैंका डेपुटी सीईओ सुमन पोखरेल, द्धितिय उपाध्यक्षमा मर्सेक बैंका कन्ट्री चिफ हेमा अधिकारी, महासचिवमा इन्द्र श्रेष्ठ, कोषाध्याक्ष्मा कबिराज अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा धर्मेन्द्र अवस्थी, अनु जोशी श्रेष्ठ, कृष्ण आचार्य, किशोर ढुंगाना, मधु पौडेल, जितेन्द्र धिताल, अशोक शेरचन, चंकी क्षेत्री, राजेशकुमा पाण्डा, अजय मिश्र र महेश स्वाँर निर्वाचित भएका छन् ।


क्लिकमान्डु