ग्लोबल आइएमई बैंकको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले घोषणा गरेको लाभांश पाउन मंसिर १२ गते सम्म सेयरधनी बन्नुपर्ने छ ।

मंसिर २८ गतेका लागि बैंकले आगामी बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ १३ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउन सकिने छ ।

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस १ प्रतिशत नगद ८ प्रतिशत दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु