वीर अस्पतालमा निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता हट्ने



काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको बताए । उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थ्रेटरहरुलाई पूर्णक्षमतामा सञ्चालन गर्न प्रयास गरीरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ । डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा शुरु गर्न नसकेकिएको बताए ।

उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताए । उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई/तीन जना बिरामीलाई सेवा दिनुपर्र्ने बाध्यता रहेको बताए । आकस्मिक सेवामा गम्भिर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिएपनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताए । उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए ।

डा.पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थ्रेटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरुलाई त सबै घण्टा चलायमान राख्नुप¥यो नि त । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडी बढेका छौँ । त्यो चाहीँ फुल फङ्सनमा गइसकेको छैन । त्यसको पार्सियल्ली काम भइसक्यो । केही डिपार्टमेण्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन शुरु गरीसक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ती अभावका कारणले सेवा शुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको शुरुवात गर्र्न खोज्दैछौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् । अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र,अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनको लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ । त्यसको लागि अहिले योजनामा छौँ । अप्रेसनको लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्न सक्ने कुरालाई लिएर डकुमेण्ट समितिबाट प्राप्त भएको छ । हामीले सबै ठाउँमा विस्तारीत अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको बिस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा शुरु गर्ने भन्ने सोचाईमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटील र यथाशिघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’

उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए । डा.पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिए । वीरमा नर्सिङ जनशक्ती थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अफ्ठ्यारो भएको बताएको छ । नेपालसँग कुरा गर्दै निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रिय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिएपनि कार्यान्वयमा चुनौति सृजना भएको बताए । उनले गरिव तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताए । आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको बताए । आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने बताए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताए ।

उनले भने ‘अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ । हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ । औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ । आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो । अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट गर्यौं । तर, सरकारले हामीलाई विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ थियो । भनेपछि त हामीले निःशुल्क उपचारमा आठ गुणा बढी खर्च गरेछौँ। आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन बजेट पुगेन भनेर बजेटमा तीन करोड पु¥याउनुभएको छ । त्यो पनि पर्याप्त होइन । हामी अझै लविङ गर्दैछौँ । मन्त्रीज्युले के भन्नुभएको छ भने, निःशुल्क शैय्यासँगसँगै निःशुल्क उपचार त गरिबलाई गर्नुपर्यो, त्यसमा शोध भर्र्ना हुन्छ, काम गर्दै जानुस् भन्नुभएको छ । त्यो हिसावले थप बजेट आउला भन्ने आशा गरेका छौँ । अप्रेसनका लागि करार सेवामा जनशक्ती थप्ने योजना छ । भिआईपी, भिभिआईपी सेवा अस्पतालले लामो समयदेखि दिँदै आएको छ । मन्त्रीज्युको धारणा के छ भने राज्यको खर्च हुन्छ भने निजीमा होइन वीर अस्पतालमा नै उपचारका लागि जानुपर्छ भन्ने रहेको छ। अहिले हामीले तीन वटा कक्ष बढायौँ । जम्मा पाँच वटा क्याविन पुग्यो । दुई वटा भिभिआईपीको लागि र तीन वटा भिआईपीको लागि । एक जना आम पब्लीकले जस्तो सेवा पाउनुहुन्छ, भिआईपी, भिभिआईपीले । स्वास्थ्य सेवामा सानो, ठूलो, धनी, गरिब भनेर विभेद हुँदैन । केही सुविधा मात्रै थपेको छ । मिटिङ गर्नलाई एउटा कोठा, परिवारको लागि सँगै बसेर खाजाखाने छुट्टै कोठा, आकस्मिक उपचारका लागि चाहिने उपकरण व्याकअपमा हुन्छन् ।’


क्लिकमान्डु