आफ्नै लिंग काटेर अस्पताल पुगेका युवकको भरतपुरमा अप्रेसन



चितवन । आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ ।

कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार ति युवाको लिंगको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको र अहिले उनी खतरामुक्त अवस्थामा छन् । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको जनाइएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका थिए । लिंग काटेपछि उनी हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले उनलाई चितवनको भरतपुर रिफर गरेको थियो ।


क्लिकमान्डु