चीनको आरोप, ह्याकरहरूको साम्राज्य अमेरिकाको



एजेन्सी । अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले ‘शान्तिपूर्ण विकास’ र ‘रङ क्रान्ति’को नाममा ‘ह्याकरहरूको साम्राज्य’ बनाएको बताएको छ ।

चीनको समाचार सेवा प्रदायक संस्था सिन्ह्वाले पठाएको समाचारमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए)ले नै हालै एउटा अनुसन्धान प्रतिवेदन जारी गर्दै सिआइएले विश्वभरि ‘ह्याकरहरूको साम्राज्य’ नै खडा गरेको बताएको छ । यसलाई चीनको नेशनल कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले पनि पुष्टि गरेको सिन्ह्वाको समाचारमा छ ।

इस्लामाबादस्थित एशियन इन्स्टिच्युट अफ इको-सभ्यता अनुसन्धान र विकास केन्द्रका प्रमुख कार्यकारी शकील अहमद रामेले अमेरिका आफैंले विश्वभरी फैलिएको सबैभन्दा ठूलो निगरानी प्रणाली संचालन गरिरहेको बताए ।

अमेरिकाको साइबर हमलाको मुख्य निशाना चीनको साइबर नेटवर्क हो । गत महिना, अमेरिकी सीआईएका निर्देशक विलियम बर्न्सले एक खुलासा गर्दै आफ्ना एजेन्सीहरुले चीनमा जासूसी नेटवर्कहरू पुनः निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेको र त्यसमा प्रगति भैरहेको बताएका थिए । २०२२ मा, चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा चिन बाहिरबाट साइबर आक्रमण गरिएको थियो । यो आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी सँग सम्बद्ध साइबर–वारफेयर इन्टेलिजेन्स–भेला गर्ने एकाइ, टेलर्ड एक्सेस अपरेसन गरेको आरोप चीनले लगाउदै आएको छ ।

हरिकि मिडिया टर्कीका प्रमुख टुंक आकुकले चीनमा भएको आक्रमण र भेटिएको सूचना र सुराकले अमेरिका तर्फ इशारा गरेको बताए । प्रमुख टुंक आकुकले इन्टरनेटको ग्लोबल संजाल नै अमेरिकाको नेतृत्वमा रहेको बताए । अमेरिकाले विश्वभरि फैलिएको डाटा प्रवाहलाई नै नियन्त्रण गर्न सक्ने बताए ।

यसै वर्षको अप्रिलमा पेन्टागन केहि गोप्य कागजहरुको एक सेट अनलाइनमा लीक भएको थियो । त्यसमा युक्रेन, दक्षिण कोरिया र इजरायल लगायत अमेरिकाका संजालका गोप्य डाटाहरु थिए । इन्स्टिच्युट अफ पॉलिसी स्टडीज, इस्लामाबादका वरिष्ठ अनुसन्धान फेलो तुघ्रल यामिनले अमेरिकीहरुले सधैं जासुसी मात्र गरिरहने टिप्पणी गरे । अमेरिकाको कोही मित्र वा शत्रु हुन्न सबैको निगरानी गर्छ तुघ्रल यामिनले भने ।

अमेरिकाले धेरै लामो समय देखि सबैतिर जासुसी गर्दै आएको चिनले आरोप लगाउदै आएको छ ।


क्लिकमान्डु