गाडी किन्ने सोचमा हुनुहुन्छ ? यी ५ बैंकले दिन्छन् कम ब्याजमा ऋण



काठमाडौं । तपाईं सवारीसाधन किन्ने सोचमा हुनुहुन्छ र बैंकहरुले दिन अटो(सवारी) लोनबारे जान्न खोजिरहुनु भएको छ ? छ भने विभिन्न बैंकले दिने अटो लोनबारे यहाँ जानकारी उपलब्ध छ ।

देशमा रहेका २० वटा वाणिज्य बैंकहरुले विभिन्न खालका ऋण योजना सार्वजनिक गरेका छन् । त्यसमध्ये अटो लोन स्किम चलाएका र कम ब्याज लिने ५ बैंकबारे हामी यहाँ उल्लेख गरेका छौं ।

अटो लोन शीर्षकमा सबैभन्दा कम ब्याज नबिल बैंकले लिने स्किम सञ्चालन गरिरहेको छ । नविल बैंकले ३ किसिमका अटो लोन योजना सञ्चालन गरेको छ । बैंकले अटो लोन इलेक्ट्रिक भेइकल शीर्षकमा ९.५२ प्रतिशतदेखि १४.५२ प्रतिशत ब्याज लिने योजना सञ्चालन गरिरहेको छ । त्यस्तै नबिलले अटो लोन र अटो लोन इन्सटिच्युसनल शीर्षकमा समान ९.५२ देखि १४.५२ प्रतिशत ब्याज लिने जनाएको छ।

अटो कर्जामा कम ब्याज लिनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो स्थानमा रहेको छ । एनआईएमबीले अटो लोन शीर्षकमा ९.५७ देखि १४.५७ प्रतिशत ब्याज लिने जनाएको छ।

तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकले अटो लोन शीर्षकमा ९.९२ देखि १४.४२ प्रतिशत ब्याज लिने योजना सञ्चालन गरिरहेको छ ।

चौथो स्थानमा सिद्धार्थ बैंक रहेको छ उसले १०.३ देखि १५.३ प्रतिशत, पाँचौ स्थानमा रहेको प्रभु बैंकले अटो लोनमा दुईवटा स्किम चलाइरहेको छ । ८ वर्षे र ५ समयावधिको अटो लोनका लागि १०.०६ देखि १५.०६ प्रतिशत ब्याज लिने जनाएको छ ।


क्लिकमान्डु