सुजुकी ब्राण्डका गाडीको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?



काठमाडौं । सुकुकी ब्राण्डका गाडीहरुको नयाँ मूल्यसूची सार्वजनिक भएको छ ।

नेपालका लागि केएमसी अटोमोबाइल्स प्रालिले आधिकारीक रुपमा बिक्री गर्ने सुजुकी ब्राण्डका गाडीहरुको मूल्यसूची सार्वजनिक भएको हो ।

नयाँ मूल्य सूचीअनुसार सुजुकीको मारुतीअन्तर्गतको अल्टो मोडलका गाडीहरुको मूल्य २४ लाख ४९ हजार देखि २६ लाख ९९ हजारसम्म रहेको छ ।

त्यस्तै, वागनरको मूल्य २९ लाख ९९ हजार देखि ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ । सेलेरियो गाडीको मूल्य २९ लाख ९९ हजार रुपैयाँदेखि ३३ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ ।

सुजुकीको डिजायर मोडलको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, न्यु स्वीफ्टको मूल्य ३५ लाख ४९ हजार देखि ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार तथा जिम्नी अल्फाको मूल्इ ६४ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जिम्नी अल्फा डुअल टोनको मूल्य ६४ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

सुजुकीको ग्राण्ड भिटारा स्मार्ट हाइब्रिडको मूल्य ६३ लाख ९९ हजार रुपैयाँदेखि ९७ लाख २९ हजार रुपैयाँसम्म रहेको छ । त्यस्तै, ब्रिजा स्मार्ट हाइब्रिडको मूल्य ४४ लाख ९९ हजार रुपैयाँदेखि ५७ लाख २९ हजार रुपैयाँसम्म रहेको छ ।


क्लिकमान्डु