सफ्टवेयर कम्पनीलाई विदेशमा पैसा लैजान सहजै दिइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सफ्टवेयर कम्पनीलाई विदेशमा पैसा लैजान सहजै दिने व्यवस्था गरेको छ ।सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयनका लागि यो व्यवस्था गरेको हो ।
आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ‘सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग-व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न-आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग-व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने छ’ मौद्रिक नीतिमा उल्लेख छ ।
सरकारले चालु आवको बजेटमा ‘सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग-व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न-आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग-व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने छ’ उल्लेख छ ।