सामुदायिक विद्यालयका शिक्षकलाई काठमाडौं महानगरले आफ्नै स्रोतबाट मासिक तलब खुवाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहत भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिकरुपमै तलव उपलब्ध गराउने व्यवस्था गरेको छ ।
स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिकरुपमा नै तलव खुवाउने व्यवस्था गरेको उपमेयर डंगोलले बताइन् ।
सामूदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिकरुपमा तलव पाउने व्यवस्था संघीय सरकारले गरेको छ । तर, काठमाडौं महानगरपालिकाले भनेस्रोत भर्ना कोषमार्फत् उनीहरुलाई मासिकरुपमै तलव लिने व्यवस्था गरेको हो ।
उपमेयर डंगोलले भनिन्, ‘यो वर्ष भित्रबाट काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले पनि मासिकरुपमै तलव पाउने व्यवस्था हामीले गरेका छौं । यो चाँही त्रैमासिक रुपमा केन्द्रिय सरकारबाट आउने बजेट यस पटक देखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं । यो मार्फतबाट चाँही हरेक महिना महानगरपालिकाभित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले भने तलव मासिकरुपमा नै पाउने व्यवस्था हामीले गरेका छौं ।’