एभरेष्ट बैंकले संशोधन गर्दै बचतमा ब्याजदर बढायो, कलमा घटायो
काठमाडौं । एभरेष्ट बैंकले आजदेखि लागू हुने ब्याजदरमा संशोधन गरेको छ । बैंकले आजदेखि लागू हुने गरी आइतबार सार्वजनिक गरेको ब्याजदर राष्ट्र बैंकको नियमभन्दा विपरित भएपछि संशोधन गरेर बढाएको हो ।
नेपाल राष्ट्र बैंकले २०७८ कात्तिक २८ गते जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको आधारमा औषतमा १० प्रतिशतमात्रै ब्याजदर तलमाथि गर्न पाउने छन् । बैंकले आइतबार सबै प्रकारका निक्षेप खातामा ब्याजदर घटाएर सार्वजनिक गरेको थियो ।
तर, उक्त घटेको ब्याजदर असार महिनाको भन्दा औषतमा १० प्रतिशतभन्दा कम भएपछि राष्ट्र बैंकको नियमको उल्लंघन हुन गयो । र, बैंकले सोमबार फेरि सूचना प्रकाशित गर्दै ९ प्रकारका बचत र २ प्रकारका कल डिपोजिट खातामा ब्याज बढाएको छ।
बैंकले आइतबार प्रकाशित गरेको ब्याजदरमा ९ प्रकारका बचतमा ४.७५ प्रतिशत ब्याज रहेको थियो । सोमबार भने बढाएर ५ प्रतिशत पुर्याएको छ । बैंकले यसअघि असारमा घर दैलो, गोर्खा रेजिमेन्ट, (नर्मले सेभिङ) नर्मल डिपोजिट), जनरल डेलि, सेयर होल्डलर, फ्रिडम सेभिङ, सेभिङ स्टुडेन्ट, मोबाइल एटिएम, सामाजिक सुरक्षा वितरण बचत खातामा आइतबार निकालेको नयाँ ब्याजदरमा ४.७५ प्रतिशत ब्याज दिने भनेको थियो । सोमबार त्यसलाई बढाएर सबै बचत खातामा ५ प्रतिशत ब्याज दिने भनेको छ ।
यस्तै कल डिपोजिटको ब्याजदर असार भन्दा घटेको छ । असारमा २.७० प्रतिशत ब्याज दिएको थियो । साउनमा भने २.५० प्रतिशतमात्रै ब्याज दिने भएको छ ।