एभरेष्ट बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ ?



काठमाडौं । एभरेष्ट बैंकले साउन १ गतेबाट लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

विगतमा भएको ब्याजदरमा केही घटाउँदै बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्षभन्दा कम समयका लागि ९ प्रतिशत ब्याज, एक वर्षका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा धेरै समयका लागि ९ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तैं, संस्थागत मुद्दती निक्षेपमा ६ महिना र त्यसभन्दा माथिका लागि बैंकले ७.५० प्रतिशत ब्याज दिने भएको छ ।

नयाँ ब्याजदरअनुसार बैंकले बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स प्लस बचत खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सेभिङ प्रिमियम, एभरेष्ट स्पेसल सेभिङ, एभरेष्ट म्याक्सी सेभिङ, स्टाफ सेभिङ इबिएल, पेरोल सेभिङ, कर्पोरेट स्यालरी र सेभिङ स्यालरीमा ६.७५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । त्यसैगरि बैंकले अन्य बचतखातामा न्युनतम ४.७५ देखि अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

साथै, बैंकले कर्जातर्फ फिक्स्ड ब्याजदरमा करिब दुई दर्जन योजनाहरु सार्वजनिक गरेको छ । जसमा न्युनतम १२.५० प्रतिशतदेखि अधितमक १४.५० प्रतिशतसम्म ब्याज लिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले विभिन्न प्रकारका कर्जामा आधारमा दरमा ४.५० प्रतिशत ब्याज प्रिमियम लिने जनाएको छ । असारमा बैंकको आधारदर १०.०६ रहेको छ ।


क्लिकमान्डु