पाकिस्तानमा १५० वर्ष पुरानो मन्दिर भत्काइयो, हिन्दूको पूजास्थलमा गोली चल्यो



एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू समुदायको एक पूजा स्थलमा हमला भएको छ । हमलापछि पर्खालहरुमा गोलीको निशान देखिएको बीबीसीले जनाएको छ । आक्रमणमा कसैको पनि ज्यान नगएको जनाइएको छ ।

केही दिन पहिला डाकाहरुको एक समूहले सीमा हैदरलाई भारतबाट फिर्ता नगरे हिन्दूहरुको मन्दिरमा आक्रमण गर्ने जनाएका थिए ।

सीमा हैदरका अनुसार उनी भारतका सचिन मीणासँग प्रेम गर्छिन् र आफ्ना ४ बच्चाका साथथ ग्रेटर नोएडामा बिसिरहेकी छन् । उनी पाकिस्तानबाट नेपालको बाटो हुँदै ग्रेटर नोएडा पुगेकी हुन् । यो विषयमा दुवै देशमा चर्चामा रहेको छ ।

रिपोर्टहरुका अनुसार उत्तरी सिन्धको कश्मूर जिल्लाको औगाही गाउँमा शनिवार राति यो आक्रमण भएको हो । यसघटनापछि हिन्दूहरुमा डर छाएको छ ।

यो आक्रमण कराचीको सोल्जर बजारमा मारी माताको मन्दिरमा शुक्रबार राति प्रहरीको बाक्लो उपस्थितिमा डोजर लगाएको भत्काएको दुई दिन पछि आएको हो ।

कराचीमा करिक १५० वर्ष पहिलेको मानियो यो मन्दिर एक पुरानो र खतरनाक संरचना घोषणा गरेर भत्काइएङ्को हो ।


क्लिकमान्डु