मनाङ एयरको हेलिकप्टर दुर्घटना: ४ जनाको शव फेला, २ वेपत्ता
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले घटनास्थलमा पुगेको प्रहरीले ४ जनाको शव प्राप्त भएको जानकारी दिएको बताए ।
‘हेलिकप्टर क्षतविक्षत अवस्थामा भएको प्रहरीले जानकारी दिएको छ’, सिटौलाले भने, ‘घटनास्थलमा ४ जनाको शव प्राप्त भएको छ । अन्यको खोजी भइरहेको छ ।’
क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए ।
मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिकएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो ।