दीपेन्द्र अग्रवाललाई कति सजाय हुनसक्छ ?


काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालालाई झुटो कारोबारमा तीन लाख रुपैयाँ जरीवाना र दुईवर्षसम्म कैद सजाय हुनसक्ने देखिएको छ । धितोपत्र बोर्डले अग्रवालमाथि गरेको एक अध्यन प्रतिवेदन अनुसार उनले धितोपत्र ऐन विपरीत कारोबार गरेका छन ।

अग्रवालले झुक्याउने विवरणहरु दिने कसुर गरेको अध्ययनको निष्कर्ष छ । उनले झुटो, भ्रामक वा गलत विवरण दिएको, बददीयत राखेको पुष्टि भएको छ अग्रवालले मूल्यमा उतार चढाव समेत गराउने, झुट्टो कारोबार गरेको पनि देखिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरणहरु दिने कसुर गरेको पुष्टि हुन आएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

उनलाई सोही ऐनको दफा ९४ को खण्ड (क) र (ख) बमोजिम झुठो कारोबार भएको पुष्टि भएकोले सोही ऐनले गरेको व्यवस्था अनुसार २ लाख जरीवाना र २ वर्षसम्म जेल सजाय गर्नुपर्ने अध्ययन प्रतिवेदनले औल्याएको छ ।