
काठमाडौं । घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई जोड्न ‘एक रोमाञ्चक ग्राहक अभियान’ सुरु गरेको छ । ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर रहेको माइडियाले जनाएको छ ।
माइडियाको स्मार्ट उपकरणहरूसँग नेपाली क्रिकेटप्रतिको लगावलाई संयोजन गर्दै, ग्राहकहरूलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको छ ।
अभियानमा विजेताले आफ्नो सहभागी सहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन् । साथै विजेताले वानखेडे स्टेडियममा हुने आइसीसी टी२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर पाउनेछन् ।
यस अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले माइडिया स्पेस वारेन्टी कार्ड नं. स्पेश उत्पादनको नाम स्पेश ग्राहकको नाम स्पेश ठेगाना टाइप गरि ३१००३ मा एसएमएस पठाएर लकी ड्रमा सहभागी हुन सक्नेछन् ।
अभियान अवधिमा माइडियाको वाशिङ मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध हुने बताइएको छ ।
माइडियाको विश्वस्तरिय गुणस्तरका विविध उत्पादनहरू रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु उपकरणहरू समावेश रहेको जनाइएको छ ।








प्रतिक्रिया