फेक एकाउन्ट बनाइ नाबालिकाको चरित्रहत्या गर्ने चन्द पक्राउ


काठमाडौं । सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाइ नाबालिकाको चरित्र हत्या गर्ने १ जना व्यक्ति परेका छन् । साइबर ब्यूरोका अनुसार कैलाली, धनगढी उप-महानगरपालिका १२ जुगेडा डि गाँउका २७ वर्षीय सन्दिप चन्द पक्राउ परेका हुन् ।

चन्दले महिलाको तस्विर प्रयोग गरी फेक एकाउन्ट मार्फत साथी बनी कुराकानी गर्दै जाने क्रममा, नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारेर नग्न तस्विर तथा भिडियो माग्ने गरेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार बालिकाको नग्न भिडियो भिडियो सेभ गरेर राख्ने गरेका उनले अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउँथे । नाबालिकाले नमाने पश्चात उक्त तस्विर तथा भिडियो पीडित नाबालिकाको विद्यालयका साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई उनले चरित्र हत्या गरेका थिए ।

कारबाहीको गर्न नाबालिकका अभिभावकद्वारा ब्यूरोमा निवेदन दिएको प्रवक्ता अवस्थीले जानकारी दिए। चन्दलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलालीबाट बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला ५ (पाँच) म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Skip This