
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीको धितो बैंक स्वयमले सकार्ने व्यवस्थामा कडाइ गरेको छ । केन्द्रीय बैंकले एक परिपत्र गर्दै ३ पल्टसम्म धितो लिलाम गर्दा पनि बिक्री भएन भने मात्र बैंक आफैंले सकार गर्नुपर्ने व्यवस्था गरेको हो ।
हालसम्म दुईपल्ट लिलामपछि नै बैंकले गैरबैंकिङ सम्पत्तिको रुपमा आफैंले सकार गर्नुपर्ने व्यवस्था थियो । अब भने कम्तिमा पनि ३ पटकसम्म धितो लिलाम प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैंले सकार गर्नुपर्ने भएको हो ।
यता बैंकहरुले गैरबैंकिङ सम्पत्ति बुक गरेपछि सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले हटाएको छ ।
यी व्यवस्थासँगै बैंकहरुले आफूखुसी एनबीए बुक गर्ने क्रममा कमी आउने अनुमान गरिएको छ भने यदी गैरबैंकिङ सम्पत्ति बुक गरे भने त्यसवापत नोक्सानी व्यवस्थाको भार घटेको छ ।







प्रतिक्रिया