केही दिनअघि नेपाल आएका खर्बपति ज्याक माको कम्पनीलाई चीनले तिरायो १ खर्ब ३० अर्ब जरिवाना



काठमाडौँ । सरकारी निकायले दिएको निर्देशन पालना नगरेको भन्दै चिनियाँ धनाड्य ज्याक मा को कम्पनी एन्ट ग्रुपले १ खर्ब ३० अर्ब जरिवना तिर्नु पर्ने भएको छ ।

सरकारी निकायले जारी गरेको विभिन्न वित्तीय कानुन र निर्देशिन पालना नगरेको भन्दै नियामक निकायले करिब साढे सात अर्ब युआन अर्थात् लगभग एक खर्ब ३० अर्ब रुपैयाँ जरिवाना तिराउने भएका छन् ।

एएनटी गुप्रले सन् २०२० मा ३७ अर्ब रुपैयाँको आईपी‌ओ ल्याउन खोजेपछी चिनियाँ सरकारले अनुसन्धान सुरु गरेको थियो ।

हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपे, अलिबाबा लगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ ।

सरकारले जरिवाना लगाउने निर्णय गरेपछी एएनटीले सरकारको निर्देशन पालना गर्ने जनाएको छ ।

ज्याकमा केही दिनअघि नेपाल भ्रमणमा आएका थिए ।


क्लिकमान्डु