गौतम अडानीलाई १.४६ अर्ब डलरको झट्का, धनीको सूचीमा एक स्थान तल झरे



काठमाडौं । अडानी ग्रुपका मालिक गौतम अडानीको सम्पत्तिमा भारी गिरावट आएको छ । बिहीबार ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार अडानीको सम्पत्तिमा १.४६ अर्ब डलरको गिरावट आएको छ ।

उनको नेटवर्थ अब ५२.४ अर्ब डलर भएको छ र उनी विश्वका सबैभन्दा धनीको सूचीमा एक स्थान तल झरेर २४ औं स्थानमा पुगेका छन् ।

गत वर्ष अडानी यो लिस्टको दोस्रो स्थानमा थिए । उनको सम्पत्ति १५० अर्ब डलर पुगेको थियो । तर हिँडनबर्ग रिसर्चको एक रिपोर्टका कारण ग्रुपको सेयरमा भारी गिरावट आएको छ । यस वर्ष अडानीको सम्पत्तिमा ६८.१ अर्ब डलरको गिरावट आएको छ ।

यसबीचमा एसियाका सबैभन्दा धनी भारतीय अर्ब पति मुकेश अम्बानीको सम्पत्तिमा पनि बिहीबार गिरावट आएको छ । उनको सम्पत्ति ३८.९ करोड डलर कम भएको छ । यससँगै उनको सम्पत्ति ८३.६ अर्ब डलर भएको छ । अम्बानी विश्वका सबैभन्दा धनीको लिस्टमा १३ औं नम्बरमा छन् ।

त्यस्तै विश्वका सबैभन्दा धनी फ्रान्सका बर्नार्ड आरनाल्टको सम्पत्तिमा १.१७ अर्ब डलरको गिरावट आएको छ । उनी २ सय अर्ब डलर सम्पतिसहित सूचीको पहिलो नम्बरमा छन् ।


क्लिकमान्डु