महासंघको जिल्ला नगरतर्फ उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्य ४३ मतसहित विजयी भएका हुन् ।

अन्जन श्रेष्ठ प्यानलबाट चुनाव लडेका अरुणराज सुमार्गीले ३७ मत ल्याउँदा उमेशलाल प्यानलका दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

सुरकृष्ण नेपाली कांग्रेसनिकट हुन् । उनी मंसिर ४ को निर्वाचनमा प्रदेशसभातर्फ समानुपातिक सूचीमा थिए ।

दिनेश श्रेष्ठ यसअघिका जिल्ला नगर उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका उनले अन्तिम समयमा उमेशलालाई सहयोग गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल निर्वाचित भइसकेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना जारी छ ।


क्लिकमान्डु